स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे कोशी अस्पतालको पाँचतले भवन शिलान्यास
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार विराटनगरस्थित कोशी अस्पतालको नयाँ भवन शिलान्यास गरेका छन् ।
काठमाडौं, असोज २१ : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार विराटनगरस्थित कोशी अस्पतालको नयाँ भवन शिलान्यास गरेका छन् ।
अस्पतालको पाँचतले सुविधासम्पन्न भवन निर्माण हुन लागेको हो । ३३ करोड २२ लाख ४८ हजार रुपैयाँ लागतको नयाँ भवन चार कठ्ठा दुई धुरमा निर्माण हुन लागेको हो ।
भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउन्डमा पार्किङ सुविधा रहनेछ । दोस्रो तलामा एचडीयूसहितको डाइलाइसिससलगायत सेवा उपलब्ध गराइनेछ । तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतीक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्या राखिने छ । चौथो तलामा कार्डियो र न्यूरो सेवा रहनेछ । चौथो तला ५० शय्याको हुनेछ । यस्तै, पाँचौँ तलामा ५२ शय्याको जनरल वार्ड रहने छ ।
प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












