Kathmandu Press

दसैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पुर्‍याउँछ : मुख्यमन्त्री आचार्य

काठमाडौं,  असाेज २१ : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा...
दसैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पुर्‍याउँछ : मुख्यमन्त्री आचार्य

काठमाडौं,  असाेज २१ : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। 

नेपालीको महान चाड बडादसैं-२०७८ को अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा कोभिड-१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती थपिएको हुँदा यसबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न सबैमा आग्रह गरे।

दसैंले विभिन्न जातजाति, भाषा, धर्म एवं सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भ्रातृत्व कायम गर्न सकोस् भन्दै उनले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिए।

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्