Kathmandu Press

सुनको मूल्यमा ५ सय रूपैयाँ वृद्धि

काठमाडौं, असाेज २१ : दसैंको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ।छापावाल सुन बुधबार प्रतितोला रु. ८९ हजार ९००...
सुनको मूल्यमा ५ सय रूपैयाँ वृद्धि

काठमाडौं, असाेज २१ : दसैंको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ।

छापावाल सुन बुधबार प्रतितोला रु. ८९ हजार ९०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९० हजार ४०० तोकिएको छ।

त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ। बुधबार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो।

महासंघका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु. १० ले बढेर १ हजार १७० कायम भएको छ। चाँदी बुधबार प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, असोज २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्