Kathmandu Press

पाकिस्तान भूकम्पमा २० को मृत्यु, तीन सयभन्दा बढी घाइते

पाकिस्तानको पश्चिम–दक्षिण क्षेत्रमा बिहीबार गएको भूकम्पमा परी २० जनाको मृत्यु भएको छ ।
पाकिस्तान भूकम्पमा २० को मृत्यु, तीन सयभन्दा बढी घाइते

कराँची, असोज २१ : पाकिस्तानको पश्चिम–दक्षिण क्षेत्रमा बिहीबार गएको भूकम्पमा परी २० जनाको मृत्यु भएको छ ।

अन्य तीन सयजनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । 

Hardik ivf

स्थानीय समयअनुसार बिहीबार बिहान तीन बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको थियो । बलोचिस्तान प्रान्तको हर्नाई जिल्लाको पहाडी भेगमा भूकम्पको केन्द्रविन्दु रेकर्ड भएको छ ।

भूकम्पको धक्का नजिकका अन्य जिल्लामा पनि महसुस भएको थियो । हर्नाई जिल्लामा भूकम्पबाट बढी क्षति पुगेको छ । प्रभावित क्षेत्रमा माटोका घर बढी भएकाले क्षति पनि बढी भएको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्