गृहमन्त्री खाँणद्वारा बाढीपहिराे प्रभावित मनाङको अनुगमन
मनाङ, असोज २१ : गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरे।उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा...
मनाङ, असोज २१ : गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराेले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरे।
उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुनर्निर्माणबारे जानकारी गराएका थिए।
सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए।
बाढीले सबैभन्दा बढी तालगाउँमा क्षति पुर्याएको थियो। सो अवसरमा पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे। (रासस)
प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











