ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके : नेपाल
काठमाडौं, असाेज २१ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष नेता केपी ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका...
काठमाडौं, असाेज २१ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष नेता केपी ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्।
आज (बिहीबार) काठमाडौंको अर्पण बैंक्वेटमा आयोजित उककिृत समाजवादीको स्थायी कमिटी बैठकमा एमाले परित्या गरी आफ्नो पार्टीमा आएका नेता भानुभक्त जोशीलाई पार्टीमा स्वगत गर्ने क्रममा अध्यक्ष नेपालले एमाले सबै हिसाबले पतनको दिशामा गएको उल्लेख गर्दै सो पार्टी सामूहिक नभएर एक व्यक्तिको प्रालिजस्तो भएको बताए।
एमालेमै रहने प्रयासका बाबजुद पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण नेता जोशीले सो दलमा रहन उचित नठानेर नयाँ क्रान्तिकारी पार्टीलाई रोजेको अध्यक्ष नेपालले बताए।
उनले जोशीलाई एकीकृत समाजवादीमा स्थायी कमिटी सदस्यमा बनाउने घोषणा पनि गरे।
प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











