इथियोपियालाई राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन : महासचिव गुटेर्रेस
संयुक्त राष्ट्रसंघ, असोज २१ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन्।संयुक्त राष्ट्रसंघीय...
संयुक्त राष्ट्रसंघ, असोज २१ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उनले सो कुरा बताएका हुन्। उनले भनेको थिए, ‘इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देशनिकाला गरेको छ।
इथियोपियाले हालै मात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छाड्नुपर्ने बताएको थियो।
इथियोपियाले ७२ घन्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए।
प्रकाशित मिति: १३:२० बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












