वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए
काठमाडौं, असोज २१ : नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन्।काठमाडौं महानगरपालिका–७ बुलबुलेस्थित निर्माणाधीन एक घरको अगाडि उनी मृत भेटिएका हुन्।उनले...
काठमाडौं, असोज २१ : नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन्।
काठमाडौं महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन घर नजिक उनी मृत भेटिएका हुन्।
७४ वर्षीय चतुर्वेदीले घरको चार तलामाथिबाट हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ। उनले हाम फालेकाे दृश्य सिसीटिभीमा कैद भएको प्रहरीले जनाएको छ। उनले किन त्यसो गरे भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ। चतुर्वेदी डिप्रेसनको सिकार रहेको दाबी पनि प्रहरीले गरेको छ।
चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए । उनले भ्रष्टाचारसम्बन्धी कसुरमा डेढ वर्ष जेल सजायसमेत भोगेका थिए।
उनको शव बिहान ७ बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार घरको चौथो तलामा उहाँको मोबाइल फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।











