माओवादी केन्द्रले एमालेको नयाँ लोगोमाथि दाबीविरोध गर्ने
काठमाडौं, असोज २१ : माओवादी केन्द्रले एमालेको नयाँ लोगोमाथि दाबीविरोध गर्ने भएको छ।एमालेको पहिलो विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो आफ्नो पार्टीको चुनाव चिह्नसँग...
काठमाडौं, असोज २१ : माओवादी केन्द्रले एमालेको नयाँ लोगोमाथि दाबीविरोध गर्ने भएको छ।
एमालेको पहिलो विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्दोजुल्दो भएको भन्दै माओवादी केन्द्रले दाबी विरोध गर्न लागेको हो।
असोज १५ देखि १७ गतेसम्म सम्पन्न विधान महाधिवेशनले सूर्यभित्र गोलाकार रातो पृष्ठभूमिमा सुनौलो रङको हँसिया हथौडा भएको लोगो पारित गरेको थियो।
एमालेले यसअघि वर्गाकारभित्र सानो हँसिया हथौडा राखी त्यसको भित्री भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो।
एमालेको लोगोमाथि दाबी विरोध गर्नेबारे पार्टीमा छलफल भइरहेको माओवादी केन्द्रका एक नेता बताए। कानुनका जानकारहरूसँग पनि छलफल गर्ने र परामर्श लिने उनले बताए।
प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











