Kathmandu Press

बेलायतमा घटेन कोरोना सङ्क्रमण, एकै दिन ४० हजार सङ्क्रमित

लन्डन, असोज २१ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ। स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्ला केही दिनमा बेलायतमा सङ्क्रमण झन् बढेको...
बेलायतमा घटेन कोरोना सङ्क्रमण, एकै दिन ४० हजार सङ्क्रमित

लन्डन, असोज २१ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ। स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्ला केही दिनमा बेलायतमा सङ्क्रमण झन् बढेको छ।

सरकारी प्रयासका बाबजुद पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको उनीहरूले बताएका छन्। सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८ सय ५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ। अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको पनि जनाएका छन्। 

Hardik ivf

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोनाका कारण १ सय ४३ जनाको मृत्यु भएको छ। बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्ति एकै दिन मृत्यु भएको छ।

योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब ७ हजारजना अझै पनि अस्पतालमै उपचाररत छन् । 

यहाँका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ।  

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको बताएका छन्। उनले हरेक दिन कम्तीमा पनि ३५ हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएकाले सबैलाई सतर्क रहन आग्रह पनि गरेका छन्। 

प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्