Kathmandu Press

अफगानिस्तानमा भएकाे विष्फोटमा एक विद्यार्थीको मृत्यु, १७ घाइते

खोस्त, असोज २१ : अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त सहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एकजनाको मृत्यु भएको छ भने...
अफगानिस्तानमा भएकाे विष्फोटमा एक विद्यार्थीको मृत्यु, १७ घाइते

खोस्त, असोज २१ : अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त सहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एकजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारीअनुसार विष्फोटन बुधवार अबेर मझहरुल अलुम मदरसा (मजहरुल अलम धार्मिक विद्यालय) मा भएको थियो।

विष्फोटनमा एक विद्यार्थीको मृत्यु भएको थियो भने अन्य १७ जना घाइते भएका छन्।  घाइतेको अवस्था सामान्य  रहेको स्थानीय अधिकारीले जनाएका छन् ।

उक्त घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, असोज २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्