Kathmandu Press

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा, स्थायी कमिटी सदस्य बनाउने नेपालकाे घोषणा

काठमाडौं, असोज २१ : एमालेका नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जोशी  एकीकृत समाजवादीमा...
एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा, स्थायी कमिटी सदस्य बनाउने नेपालकाे घोषणा

काठमाडौं, असोज २१ : एमालेका नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जोशी  एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुले उनलाई पार्टीमा स्वागत गरे।

एमाले केन्द्रीय सदस्य रहँदै आएका उनले एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि पूर्वपार्टीमा पेस गरेको राजीनामा पत्र पढेर सुनाएका थिए।

उनले एमाले आफ्नो नीति तथा सिद्धान्तबाट विचलित हुँदै जान थालेकाले आफू एकीकृत समाजवादीमा समाहित हुन आएको बताए।

पार्टीमा प्रवेश गरेकै क्षणबाट इमान्दारीपूर्वक क्षमताले भ्याएसम्म संगठन निर्माणमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे।

अध्यक्ष नेपालले नेता जोशीलाई आफ्नो पार्टीमा स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन्।

सोही अवसरमा अध्यक्ष नेपालले एमालेका अरु थुप्रै नेता–कार्यकर्ता पनि एकीकृत समाजवादीमा आउने दाबी गरे।

 

प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्