Kathmandu Press

फिलिपिन्सकी उपराष्ट्रपति लेनी राष्ट्रपतिमा उठ्ने

मनिला, असोज २१ : फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा  राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छन्।यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो। विपक्षी...
फिलिपिन्सकी उपराष्ट्रपति लेनी राष्ट्रपतिमा उठ्ने

मनिला, असोज २१ : फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा  राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छन्।

यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो। विपक्षी नेता रोब्रेडोले मे ९ को चुनावका लागि सहमतिको एकल उम्मेदवार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछिउमेदवारी घोषणा गरेकी हुन्।

Hardik ivf

रोब्रेडोले यसअघि भनेकी थिइन्, ‘उनी चुनाव लड्ने निर्णय गर्न सक्छिन् यदि पूर्व सिनेटर फर्डिनान्ड बोङबोङ मार्कोस जुनियर पनि राष्ट्रपतिको उमेद्वार  बनेको अवस्थामा।’

मार्कोसजसलाई उनले २०१६को उपराष्ट्रपति पदको दौडमा झिनो मतले पराजित गरेकी थिइन्। बुधबार बोङबोङले राष्ट्रपतिको उम्मेद्वारी दर्ता गरेपछि रोब्रेडोले पनि उनका विरुद्ध चुनाव लड्ने घोषणा गरेकी छन्।

फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै चुनिने व्यवस्था छ।

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्