बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं, असोज २१ : बिहीबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ। गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा...
काठमाडौं, असोज २१ : बिहीबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ। गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ।
गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज यता तेजाबी सुनको मूल्यसमेत तोलामा ५०० रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











