पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु, कयौं घाइते
काठमाडौं, असोज २१ : पाकिस्तानमा आज बिहान भूकम्प गएको छ। भूकम्पमा २० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्।पाकिस्तानी सञ्चारमाध्यमका अनुसार...
काठमाडौं, असोज २१ : पाकिस्तानमा आज बिहान भूकम्प गएको छ। भूकम्पमा २० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा बिहान ३ बजे भूकम्प गएको हो। करीब ५.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ।
बिहान सुतिरहेकै वेलामा भूकम्प गएकाले धेरै जनधनको क्षति भएको सुरक्षा निकायले जनाएका छन्। भूकम्पमा थुप्रै भवनहरु भत्किएका छन्।
अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले सञ्चारमाध्यमलाई बताएका छन्। मृतकको संख्या बढ्न सक्ने उनको भनाय छ।
घरका छत र भित्ता भक्किँदा कयौं च्यापिएर घाइते भएका छन्। सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धार जारी राखेका छन्।
प्रकाशित मिति: ०८:२५ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











