जसपाले बिहीबार बिहानसम्म मन्त्रीको नाम टुंगाउने, गैरसांसदलाई मन्त्री नबनाउने
काठमाडौं, असोज २० : जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार बिहान टुंगाउने भएको छ ।आज बसेको जसपा...
काठमाडौं, असोज २० : जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार बिहान टुंगाउने भएको छ ।
आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले जसपाका तीन नेता उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई मन्त्रीको नाम टुंगाउने जिम्मेवारी दिएको हो ।
अब तीन शिर्ष नेताले बिहिबार बिहान १० बजेसम्ममा जसपाबाट सरकारमा जानेहरुको नाम टुंगो लगाउने स्रोतले जनाएको छ । यो सँगै जसपाको मन्त्री टुंगाउने यादव, भट्टराई र राई भने आफै सरकारमा नजाने निश्चित भएको छ ।
यस्तै बैठकले जसपाको सांसद भएकालाई मात्र मन्त्री बनाउने निर्णय समेत गरेको छ । आजको बैठकमा जसपाका राजधानीमा उपलब्ध नेताहरु सहभागी थिए ।
प्रकाशित मिति: २०:४६ बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











