Kathmandu Press

पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं, असोज २० : पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेसन मोहम्मद र ताज रजवाज रहेका छन्।...
पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं, असोज २० : पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जेसन मोहम्मद र ताज रजवाज रहेका छन्। उनीहरुले पाकिस्तानी नागरिक फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाएका थिए।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुले विमानस्थलबाट फैजानलाई सिभिल होम्समा लगेर बन्धक बनाएका थिए। 

फैजानका अनुसार जेसन र ताजले बन्धक बनाएपछि पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:३२ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्