एकीकृत समाजवादीले बिहीबार स्थायी समितिबाट मन्त्रीको नाम टुंगो लगाउने
काठमाडौं, असोज २० : नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार बस्ने स्थायी समिति बैठकबाट टुंगो लगाउने भएको छ। बिहीबार बिहान...
काठमाडौं, असोज २० : नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार बस्ने स्थायी समिति बैठकबाट टुंगो लगाउने भएको छ।
बिहीबार बिहान ११ बजे स्थायी समिति बैठक बस्दैछ। पार्टीका एक उच्च नेताका अनुसार सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग तय छ।
उनीबाहेक मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, भवानी खापुङमध्येबाट उक्त पार्टीले मन्त्री बनाउने लगभग तय रहेको ती नेताले काठमाडौं प्रेसलाई जानकारी दिए।
मन्त्री बन्न इच्छुक नेताहरूलाई संसदीय दल, संसदीय समितिलगायतमा जिम्मेवारी दिनेबारे छलफल गर्न उक्त पार्टीले स्थायी समिति बैठक बोलाएको हो।
'भोलि नै सपथ ग्रहण गर्ने गरि मन्त्रीको नाम टुंगो लगाउँदैछौं,' ती नेताले काठमाडौं प्रेससँग भने।
प्रकाशित मिति: २०:११ बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











