Kathmandu Press

मुख्यमन्त्री शाक्यले आइतबार विश्वासको मत लिने

काठमाडौं, असोज २० : बागमती प्रदेश सरकारले असोज २४ गते नवैं हिउँदे अधिवेशन आव्हान गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिउँसो ३...
मुख्यमन्त्री शाक्यले आइतबार विश्वासको मत लिने

काठमाडौं, असोज २० : बागमती प्रदेश सरकारले असोज २४ गते नवैं हिउँदे अधिवेशन आव्हान गर्ने भएको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।

प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनको लागि प्रदेश सरकारले हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो।

शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ। १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन्। प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

प्रकाशित मिति: १९:५४ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्