प्रदेश नं १ मा १९७ जनामा कोरोना सङ्क्रमण
विराटनगर, असोज २० : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा तराईका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको छ। मोरङमा सबैभन्दा बढी...विराटनगर, असोज २० : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा तराईका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको छ। मोरङमा सबैभन्दा बढी ५०, सुनसरीमा ४३ र झापामा ४५ जनामा सङ्क्रमण भएको छ भने पहाडी तथा मध्यपहाडी जिल्ला धनकुटामा तीन, पाँचथरमा दुई, इलाम र उदयपुरमा एकएक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सोही अवधिमा ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको ऐन्टिजेन परीक्षण गर्दा ५२ जना गरी कूल १९७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको भनाइ छ। स्थानीय तहअनुसार मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा आठ, बूढीगङ्गा र रतुवामाइमा दुई/रदुई, पथरी शनिश्चरेमा एक, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा एकरएक सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी झापाको भद्रपुरमा ११, कनकाइ र विर्तामोडमा सातरसात, दमक, मेचीनगर र अर्जुनधारामा चाररचार, कमल गाउँपालिकामा तीन, शिवसताक्षीमा दुई, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा एकरएक सङ्क्रमित भएका छन्।
सुनसरीको इटहरीमा २६, धरानमा नौ, इनरुवामा चार, रामधुनीमा दुई, दुहवी र हरिनगरमा एकरएक, धनकुटाको धनकुटामा दुई र पाख्रिबासमा एक, पाँचथरको हिलिहाङमा दुई, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा एकरएक जनामा सङ्क्रमण देखिएको बताइएको छ। प्रदेशमा आजै ७७ पुरुषसहित १५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।