Kathmandu Press

चर्चमा हुने गरेका बालयौन हिंसाका घटना प्रति पोपद्वारा दुःख व्यक्त

भ्याटिकन सिटी, असोज २० : पोप फ्रान्सिसले भरखरै सार्वजनिक गरिएको एक प्रतिवेदनमा चर्चहरूमा हुने गरेको बाल यौनदुर्व्यवहारका घटना प्रति दुःख व्यक्त गर्दै निन्दा...
चर्चमा हुने गरेका बालयौन हिंसाका घटना प्रति पोपद्वारा दुःख व्यक्त
Hardik ivf

भ्याटिकन सिटी, असोज २० : पोप फ्रान्सिसले भरखरै सार्वजनिक गरिएको एक प्रतिवेदनमा चर्चहरूमा हुने गरेको बाल यौनदुर्व्यवहारका घटना प्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन्। भ्याटिकन सिटीमा साप्ताहिक रूपमा आयोजित हुने भिडियो सम्बोधनका क्रममा पोपले फ्रान्सका क्याथोलिक चर्चहरूमा हुने गरेका यौनदुर्व्यवहारका घटनाले आफू लज्जित भएको बताउँदै पीडितहरूप्रति दुःख व्यक्त गरेका हुन्।

चर्चमा हुने गरेका यस्ता निन्दनीय घटना नियन्त्रण गर्न नसकेकोमा व्यक्तिगत रूपमा र सम्बन्धित पक्षले ध्यान दिन सककेकोमा सामूहिकरूपमा समेत पोपले क्षमा याचना गरेका छन्। 
 
एक स्वतन्त्र आयोगले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार फ्रान्सेली क्याथोलिक पादरीहरूद्वारा १९५० देखि पछि सात दशकको अवधिमा करिब २१६,००० बालबाकिलाहरू यौनदुर्व्यवहारको शिकार भएको  उल्लेख गरिएको छ। यो अत्यन्तै ठूलो घटना हो जो आजसम्म पर्दाले छोपिएको थियो।

आयोगको साढे दुई वर्षको गहन अनुसन्धानका आधारमा तयार पारिएको २,५०० पृष्ठको प्रतिवेदनले फ्रान्स र विश्वभरका क्याथोलिक चर्चमा हुने गरेका यस्ता घटनाले सबैलाई दुःखित र आक्रोशित बनाएको छ। 

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्