माओवादीबाट पौडेल, श्रेष्ठ, गहतराज र यादव मन्त्री बन्दै
बुधबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले देवेन्द्र पौडेल ‘सुनिल’, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो।
काठमाडौं, असोज २० : माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले काठमाडौं प्रेसलाई दिएको जानकारीअनुसार बुधबार बसेको स्थायी समिति बैठकले नाम टुंगो लगाएको हो ।
देवेन्द्र पौडेल ‘सुनिल’, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय बैठकले गरेको सापकोटाले जानकारी दिए ।
उनीहरूलाई मन्त्री र राज्यमन्त्री के बनाउने भन्ने बिहीबार मात्र टुंगो लगाउने माओवादी केन्द्रको तयारी छ । उनीहरूलाई कुन–कुन मन्त्रालय जिम्मा दिने भन्ने पनि बिहीबार नै टुंगो लाग्ने सापकोटाले जानकारी दिए ।
यसअघि माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री बनिसकेका छन् ।
प्रकाशित मिति: १९:११ बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











