Kathmandu Press

कुमार पौडेल हत्या प्रकरण : पूर्वगृहमन्त्री बादल र पूर्वप्रहरी महानिरीक्षक खनालविरुद्ध जाहेरी दर्ता

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ।
कुमार पौडेल हत्या प्रकरण : पूर्वगृहमन्त्री बादल र पूर्वप्रहरी महानिरीक्षक खनालविरुद्ध जाहेरी दर्ता

काठमाडौं, असोज २० : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालय, सर्लाहीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको हो। सर्वोच्च अदालतले १२ असोजमा उनीहरू विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो ।

५ असार ०७६ मा पौडेललाई प्रहरीले ‘इन्काउन्टर’मा हत्या गरेको थियो । बादल र खनालविरुद्ध जाहेरी दर्ता भएको र चाँडै अनुसन्धान अगाडि बढाइने सर्लाही प्रहरीले जनाएको छ ।

पौडेलकी श्रीमती दुर्गादेवीले उजुरी दर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । राष्ट्रिय मानव अधिकार आयोगले पनि तत्कालीन गृहमन्त्री बादल र प्रहरी महानिरीक्षक खनाल दोषी देखिएको प्रतिवेदन दिएको थियो ।

यो पनि पढ्नुहोस्

कुमार पौडेल हत्या प्रकरण : पूर्व गृहमन्त्री बादल र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न आदेश

प्रकाशित मिति: १८:४० बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्