प्रदेश-२ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत, पक्षमा ७७, विपक्षमा २३ मत
उनको प्रस्तावको पक्षमा ७७ र विपक्षमा २३ मत परेका छन् । बुधबार प्रदेशसभामा एक सयजना सांसद उपस्थित थिए ।
काठमाडौं, असोज २० : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् ।
प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री राउतले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्तावको पक्षमा ७७ र विपक्षमा २३ मत परेका छन् । बुधबार प्रदेशसभामा एक सयजना सांसद उपस्थित थिए ।
जसपा, कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने एमाले र लोसपाले विपक्षमा मत दिएका थिए ।
प्रदेशसभामा जसपाका ३८ (सभामुखबाहेक), कांग्रेसका १९, लोसपाका १६, नेकपा (एकीकृत समाजवादी)का १३, एमालेका ८, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक गरी एक सय तीन सांसद छन् ।
प्रकाशित मिति: १८:३० बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











