Kathmandu Press

रुसमा कोरोनाबाट एकैदिनमा ९०० भन्दा बढीको मृत्यु

मस्को असोज २० : रुसमा बुधबार एकैदिनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्मकै सबैभन्दा धेरै जनाको मृत्यु भएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९...
रुसमा कोरोनाबाट एकैदिनमा ९०० भन्दा बढीको मृत्यु

मस्को असोज २० : रुसमा बुधबार एकैदिनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्मकै सबैभन्दा धेरै जनाको मृत्यु भएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ। योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ। 

कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ। अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्। यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए। 

रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ।   

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, असोज २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्