काठमाडौं प्रशासनले गर्यो बजार अनुगमन, ५ पसललाई जरिवाना
काठमाडौं, असाेज २० : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा काठमाडौं प्रशासनले बजार अनुगमन गरेको छ। चाडबाड सुरु भएसँगै पसलहरू मापदण्ड अनुसार संचालन...
काठमाडौं, असाेज २० : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा काठमाडौं प्रशासनले बजार अनुगमन गरेको छ। चाडबाड सुरु भएसँगै पसलहरू मापदण्ड अनुसार संचालन भए नभएको परीक्षण गर्न अनुगमन गरेको हो।
प्रशासनको टोलीले बुधबार काठमाडौंका विभिन्न स्थानका ३२ ओटा पसल अनुगमन गरेको र ५ ओटालाई कारबाही गरेको जनाएको छ। कारबाही गरिएकालाई ५५ हजार जरिवाना तिर्न लगाएको समेत प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको छ। केही पसललाई भने तत्काल सुधार गर्न निर्देशन दिइएको र केहीलाई स्पष्टीकरण समेत मागिएको छ।
सो क्रममा खाद्यान्न, लत्ताकपडा, तरकारी लगायतका पसलको अनुगमन गरिएको हो।
प्रकाशित मिति: १७:०३ बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











