Kathmandu Press

कोशी करिडोरमा विद्युत प्रसारण लाइन तयार, भारतले गर्‍यो नेपाललाई हस्तान्तरण

कोशी करिडोरमा विद्युत प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । भारतले नेपाललाई प्रसारण लाइन बुधबार हस्तान्तरण गरेको छ।
कोशी करिडोरमा विद्युत प्रसारण लाइन तयार, भारतले गर्‍यो नेपाललाई हस्तान्तरण

काठमाडौं, असोज २० : कोशी करिडोरमा विद्युत प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । भारतले नेपाललाई प्रसारण लाइन बुधबार हस्तान्तरण गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासकी डेपुटी चिफ अफ मिसन नाम्ग्या खम्पाले बुधबार धनकुटामा आयोजित समारोहमा नेपाललाई निर्माण सम्पन्न भएको प्रसारण लाइन हस्तान्तरण गरेकी हुन् ।

भारतीय एक्जिम बैंकको लगानीाम ४५० करोड नेपाली रुपैयाँमा २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

भारतको कल्पतरु पावर ट्रान्समिसन लिमिटेड (केपीटीएल)ले निर्माण गरेको प्रसारण लाइन एक सय ६ किलोमिटर लम्बाइको छ । प्रसारण लाइनमा तीन सय २६ वटा टावर निर्माण भएका छन् ।

यो प्रसारण लाइनबाट अरुण र तमोर नदीमा उत्पादन हुने बिजुली राष्ट्रिय सञ्जालमा जोडिने छ । यसबाट नेपालको आन्तरिक ग्रिड सबल बन्ने विश्वास रहेको भारतीय दूतावासले जनाएको छ । दूतावासका अनुसार अन्य दुई प्याकेजमा पनि काम भइरहेको छ, जसको लागत ६ सय करोड नेपाली रुपैयाँ छ ।

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्