Kathmandu Press

फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

मनिला, असोज २० : फिलिपिन्सका पूर्व राष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

पूर्व राष्ट्रपति मार्कोसका दुई सन्तानमध्ये एक मात्र छोरा मार्कोस जुनियरले आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार उम्मेदवारी दिएका हुन्। 

Hardik ivf

उनले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिएको जनाइएको छ। आफ्ना बुवा राष्ट्रपति भएका बेला उनी इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित भएका थिए। उनका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति भएका थिए। उनको निधन १९८९ मा भएको थियो। 

मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटरसमेत भएका थिए। सन् २०१६ मा भएको निर्वाचनमा उहाँले उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गरेका थिए। आगामी सन् २०२२ को मे मा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ। 

भावी राष्ट्रपतिका लागि उनीसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गर्नु गरेका छन् । उम्मेदवारी दर्ताको समय यही अक्टोबरको ८ तारिखसम्म तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्