Kathmandu Press

प्रथम महिला प्रहरी चैतमायालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं, असोज २० : प्रथम महिला प्रहरी चैतमाया डंगोललाई प्रहरी प्रधान कार्यालयले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ। ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा...
प्रथम महिला प्रहरी चैतमायालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं, असोज २० : प्रथम महिला प्रहरी चैतमाया डंगोललाई प्रहरी प्रधान कार्यालयले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ। 

६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई अवार्ड प्रदान गरेका हुन्। काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन्।

२००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन्। महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्