Kathmandu Press

लिबियामा संसदको निर्वाचन सर्यो

त्रिपोली, असोज २० : लिबियामा यही वर्ष सन् २०२१ मा हुने तय भएको संसदीय निर्वाचन फेरि पछाडि सरेको छ। प्रतिनिधि सभा सदस्यहरुको चयनका लागि...
लिबियामा संसदको निर्वाचन सर्यो

त्रिपोली, असोज २० : लिबियामा यही वर्ष सन् २०२१ मा हुने तय भएको संसदीय निर्वाचन फेरि पछाडि सरेको छ। प्रतिनिधि सभा सदस्यहरुको चयनका लागि लिबियामा आगामी सन् २०२२ को जनवरीमा निर्वाचन हुने तय भएको हो। यसअघि यही सन् २०२१ को डिसेम्बर २४ तारिखमा निर्वाचन गर्ने तय भएको थियो। 

‘राष्ट्रपतीय निर्वाचन भएको ३० दिनपछि संसदीय निर्वाचन हुने भएको छ,’ प्रतिनिधि सभाका प्रवक्ता अब्दुल्लाह ब्लेहिगले भने। राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुने भएकाले र अत्यावश्यक पनि भइसकेकाले राष्ट्रपतीय निर्वाचन भने यसअघि तोकिएकै समयमा गर्न लागिएको उनले बताए।

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, असोज २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्