२० अर्ब रूपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडौं, असोज २० : नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम...
काठमाडौं, असोज २० : नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव देखिएकाले राष्ट्र बैँकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। यसअघि बैंकले गत असोज १३ गते ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।
प्रकाशित मिति: १३:४० बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











