Kathmandu Press

प्रदेश-२ प्रदेशसभा बैठक सुरु, विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री राउत

प्रदेश-२ प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउत आजकै बैठकमा विश्वासको मत प्रस्ताव गर्ने तयारीमा छन् ।
प्रदेश-२ प्रदेशसभा बैठक सुरु, विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री राउत

काठमाडौं, असोज २० : प्रदेश-२ प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउत आजकै बैठकमा विश्वासको मत प्रस्ताव गर्ने तयारीमा छन् ।

प्रदेशसभाको दैनिक कार्यसूचीमा भने मुख्यमन्त्रीले विश्वासको लिने तालिका छैन । सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त सातौँ अधिवेशन आह्वान र छैटौँ अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

यस्तै, मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेरसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची प्रदेशसभा सचिवालयले आफ्नो वेबसाइटमा राखेको छ । त्यसपछि प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ भएको अवसरमा सबै दलका प्रतिनिधिहरूले आ–आफ्ना भनाइ राख्ने कार्यसूची छ ।

प्रकाशित मिति: १२:३१ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्