मोदीले लगाए कश्मिरमा कर्फ्यू, तीन पूर्वमुख्यमन्त्री नजरबन्दमा, ईन्टरनेट पनि बन्द
काठमाडौं, साउन २० : मोदी सरकारले भारतको उत्तरपूर्वि राज्य जम्मु र कश्मिरमा गए रातिदेखि कर्फ्यू लगाइएको छ। कश्मिरका तीन पूर्वमुख्यमन्त्रीलाई नजरबन्दीमा....

काठमाडौं, साउन २० : मोदी सरकारले भारतको उत्तरपूर्वि राज्य जम्मु र कश्मिरमा गए रातिदेखि कर्फ्यू लगाइएको छ। कश्मिरका तीन पूर्वमुख्यमन्त्रीलाई नजरबन्दीमा राखेको छ।
राज्य प्रशासनले गए राति १२ बजेदेखि कर्फ्यू लगाएको हो। जम्मू र कश्मिरका कयौं शहरमा र्याली निकाल्न प्रतिबन्ध लगाएको छ।
कश्मिरका तीन पूर्वमुख्यमन्त्री फारूक अब्दुल्ला, उमर अब्दुल्ला र महबूबा मुफ्तीलाई नजरबन्दमा राखेको छ।
त्यस्तै, कांग्रेस नेता उस्मान मजीद र माकपा विधायक एमवाई तारिगामीलाई हिरासतमा लिएको जनाएको छ। दुवै जनाले ट्वीट गरेर गए रातिदेखि नै हिरासनमा लिएको जनाएका छन्।
त्यस्तै, गए रातिदेखि नै ईन्टरनेट सेवा बन्द गरिएको छ। आजदेखि कश्मिरका सबै विद्यालय बन्द गरिएको छ।
कश्मिरका पूर्वमुख्यमन्त्री अब्दुल्लाले गए राति ११ः४५ बजे ट्वीट गर्दै आफूलाई नजरबन्दमा राखिएको जानकारी दिएका छन्। अब्दुल्लाले ट्वीटमा लेखेका छन्, ‘मलाई आज रातिदेखि नदरबन्दमा राखिएको छ। यहाँका प्रमुख राजनीतिक दलका नेतालाई पनि मलाई जस्तै नजरबन्दमा राखिएको छ। यस विषयमा कुनै सहि सूचना दिइएको छैन। यदि यस्तै हुने हो भने अगाडि के के हुन्छ, हेरौला। मलाई थाहा छैन, कश्मिरी जनताका लागि यो के गरिँदै छ। मलाई भगवानमाथि भरोसा छ, जे होला ठीकै होला। सबैलाई शुभकामना। सबभन्दा जरुरी सबै शान्ति बनाइराख्नु होला।’
त्यस्तै, कश्मिरकी पूर्वमुख्मन्त्री महबूबाले पनि ट्वीट गर्दै आफूलाई नजरबन्दमा राखेको जानकारी दिएकी छन्। उनले ईन्टरनेट बन्द गरिएको, कर्फ्यू लगाएको बताएकी छन्।
त्यस्तै, कांग्रेस नेता शशि थरुरले ट्वीट गरेर नजरबन्दको विरोध गरेका छन्। उनले भनेका छन्, ‘उमर अब्दुल्ला तपाई एक्लै हुनुहुन्न। हरेक लोकतान्त्रिक भारतीय कश्मिरका साथमा छन्।’
यस अघि मोदी सरकारले कश्मिरमा आतंककारी हमलाको सूचना आएको जनाउदै अमरनाथ यात्रामा रोक लगाएको थियो। अमरनाथ यात्रामा रहेका यात्रुलाई फिर्ता गरिएको थियो।
केही दिनयता मोदी सरकारले कश्मिरमा सुरक्षाकर्मी बढाएको छ। सरकारले भारतीय संविधानको धारा ३५ ‘ए’ संशोधन गर्ने तयारी गरेको जनाएको छ। जसमा कश्मिर क्षेत्रमा कश्मिरीबाहेक अरुलाई जग्गा खरिद गर्ने अधिकार छैन। त्यसलाई संशोधन गर्न खोजेको कश्मिरी नेताहरूको भनाइ छ।
यसैबीच पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले कश्मिरमा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेका छन्। उनले भनेका छन, ‘कश्मिरमाथि निर्णय गर्ने समय आएको छ।’
यसैबीच मोदी सरकारको मन्त्रिपरिषद बैठक बसेको छ। बैठकमा कश्मिरका विषयमा छलफल भएको जनाएको छ।












