प्रदेश-२ का मुख्यमन्त्री राउतलाई प्रदेशसभाका ७५ प्रतिशत सांसदको साथ
प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार सुरु हुने प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्ताव गर्दै छन् । उनी प्रदेशसभामा भारी बहुमतमा छन्।
काठमाडौं, असोज २० : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार सुरु हुने प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्ताव गर्दै छन् । उनी प्रदेशसभामा भारी बहुमतमा छन् ।
प्रदेशसभामा जसपाका ३९ (सभामुखसहित), कांग्रेसका १९, लोसपाका १६, नेकपा (एकीकृत समाजवादी)का १३, एमालेका ८, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक गरी एक सय चार सांसद छन् ।
मुख्यमन्त्री राउतलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभा सभामुखबाहेक ५२ सांसद आवश्यक हुन्छन् । जसपा, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका गरी सभामुखबाहेक ७८ सांसद उनको पक्षमा छन् ।
अर्थात्, उनीसँग प्रदेशसभाका ७५ प्रतिशत सांसदको समर्थन छ । विपक्षमा २५ जना सांसद मात्र छन् ।
प्रकाशित मिति: १२:१६ बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











