Kathmandu Press

घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, असोज २० : गत मंगलबार ५०० रुपैयाँले बढेको भएको सुनको मूल्य बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, असोज २० : गत मंगलबार ५०० रुपैयाँले बढेको भएको सुनको मूल्य बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो।

गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ।  

तेजाबी सुनको मूल्य भने तोलामा ४०० रुपैयाँले नै बढेर आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:२९ बजे, बुधबार, असोज २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्