कपिलवस्तुको कृष्णनगरका तीन वटा वडामा झाडापखालाको प्रकोप, दुई जनाको मृत्यु
कपिलवस्तु, असोज २० : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएको छ। वडा ७, ८ र ९ मा गरी झन्डै एक सय जना...
कपिलवस्तु, असोज २० : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएको छ। वडा ७, ८ र ९ मा गरी झन्डै एक सय जना २० जना बिरामी परेका छन्।
बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ। गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ। १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालले जनाएको छ ।
बिरामीको उपचारका लागि बेड अभाव भएको छ। अहिले कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ। एउटै बेडमा दुईरतीन जना बिरामीलाई राखेर उपचार गरेको अस्पतालले जनाएको छ ।
झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
झाडापखालाका कारण कृष्णनगर ९ का पाँच वर्षका राज कश्यप र कृष्णनगर ८ का ४० वर्षका रामप्रसाद केबटको मृत्यु भएको छ।











