Kathmandu Press

जसपाको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं, असोज २० : जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठक बोलाएको छ। दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन बुधबार बिहान ११ बजे...
जसपाको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं, असोज २० : जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठक बोलाएको छ। 

दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन बुधबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय कार्यकारिणी बैठक बोलाइएको जसपाले जनाएको छ । 

मंगलबार सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि जसपा अध्यक्ष उपेन्द यादवले बुधबार काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरुको सामूहिक छलफलले मन्त्रीहरुको नामको टुंगो लगाउने बताएका थिए।

जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरु यादव, बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो।  

प्रकाशित मिति: ०९:५६ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्