Kathmandu Press

भारतमा कोभिडका थप १८ हजार ३४६ जना सङ्क्रमित

नयाँदिल्ली, असोज १९ : भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन्। सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय...
भारतमा कोभिडका थप १८ हजार ३४६ जना सङ्क्रमित

नयाँदिल्ली, असोज १९ : भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन्। सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।      

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सक्रिय सङ्क्रमितको यो संख्या २०१ दिन यताको नै कम हो। भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ।  

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो। सोमबार दिनभरमा १८ हजार ३४६ सङ्क्रमित हुँदा २९ हजार ६३९ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। 

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन्। भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ। 

भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म करिब ९१ करोड डोज खोप लगाइएको छ।

प्रकाशित मिति: २१:२१ बजे, मंगलबार, असोज १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्