Kathmandu Press

दशैंमा घर जान जम्मा १७ हजारले काटे बसको टिकट 

काठमाडौं, असोज १९ : नेपालीहरुको महान पर्व बडा दशैं आउन केही दिन मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यकाबाट घर फर्कनेको चाप बढेपनि यसपटक टिकट...
दशैंमा घर जान जम्मा १७ हजारले काटे बसको टिकट 

काठमाडौं, असोज १९ : नेपालीहरुको महान पर्व बडा दशैं आउन केही दिन मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यकाबाट घर फर्कनेको चाप बढेपनि यसपटक टिकट बुकिङ कम भएको छ ।

यातायात व्यवसायीका अनुसार हालसम्म नयाँ बसपार्कबाट घर जान १७ हजार यात्रुले मात्र अग्रिम बस टिकट बुकिङ गरेका छन् ।
अघिल्लो वर्षभन्दा यसपटक टिकट बुकिङ कम भएको यातायात व्यवसायीको भनाइ छ । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले  अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो ।

यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् । काठमाडौँको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

सरकारले यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्