गण्डकी प्रदेशमा १२४ जना कोरोना सङ्क्रमणमुक्त
गण्डकी, असोज १९ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्।यस अवधिमा १०० सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन...
गण्डकी, असोज १९ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्।
यस अवधिमा १०० सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार थपिनेमा कास्कीका ४४, बाग्लुङका १३, स्याङ्जा र नवलपरासी पूर्वका १०/१०, म्याग्दी र गोरखाका सात/सात, तनहुँका पाँच, पर्वतका तीन र लम्जुङका एक जना छन्।
अद्यावधिक विवरणअनुसार प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ८६ हजार ८८ पुगेको छ। हालसम्म प्रदेशमा ८३ हजार ६८२ सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमित एक हजार ३५ छन्। प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३७१ पुगेको निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












