चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु
चितवन, असोज १९ : बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको...
चितवन, असोज १९ : बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:३६ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











