Kathmandu Press

बैतडीमा चट्याङ लागेर एकको मृत्यु

बैतडी, असोज १९ : डिलासैनी गाउँपालिका ५ खालिपाटामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ २७ वर्षीय महेश लुहारको चट्याङ लागेर...
बैतडीमा चट्याङ लागेर एकको मृत्यु
Hardik ivf

बैतडी, असोज १९ : डिलासैनी गाउँपालिका ५ खालिपाटामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको हो।

सोही गाउँपालिका ७ धामिगाउँबाट भैँसी लिएर घर आउने क्रममा टुणेगैरा भन्ने स्थानमा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। 

साथै, चट्याङ लागेर घाइते भएका सोही ठाउँका ३२ वर्षीय अम्बे लुहार समेत ३ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

प्रकाशित मिति: १९:२७ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्