Kathmandu Press

आज राति देशभर वर्षाको सम्भावना

काठमाडौं, असोज १९ : आज राति देशभरकै विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम...
आज राति देशभर वर्षाको सम्भावना

काठमाडौं, असोज १९ : आज राति देशभरकै विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी समेत गरेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । 

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्