Kathmandu Press

करेन्ट लागेर एकको मृत्यु

सल्यान, असोज १९ : कपुरकोट गाउँपालिका ३ चोरखोलास्थित सडकमा रा१ ख ११२६ नम्बरको बसमा सवार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। रुकुम...
करेन्ट लागेर एकको मृत्यु

सल्यान, असोज १९ : कपुरकोट गाउँपालिका ३ चोरखोलास्थित सडकमा रा१ ख ११२६ नम्बरको बसमा सवार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ बाँदरपानी का २१ वर्षीय रमेश खड्काको सोमबार राति करेन्ट लागेर मृत्यु भएको हो।

दाङ तुलसिपुरदेखि रुकुम (पश्चिम)तर्फ जाँदै गरेको उक्त बसको छतमा चढी सामान मिलाइरहेको अवस्थामा बिजुलीको तारमा छुन गई करेन्ट लागेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 
बस चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्