Kathmandu Press

ललितपुर महानगरमा भोलिदेखि १८ वर्षमाथिकालाई खोप लगाइने

काठमाडौं, असोज १९ : ललितपुर महानगरपालिकाले भोलि (बुधबार) देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड विरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।महानगरले एक सुचना...
ललितपुर महानगरमा भोलिदेखि १८ वर्षमाथिकालाई खोप लगाइने

काठमाडौं, असोज १९ : ललितपुर महानगरपालिकाले भोलि (बुधबार) देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड विरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।

महानगरले एक सुचना जारी गर्दै असोज २०, २१ र २२ गते महानगरको सबै वडा कार्यालयमा खोप लगाउने महानगरले जनाएको छ । खोप केन्द्रमा जाँदा परिचय पत्र खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ छ  ।

पूर्ण खोप अभियान अन्तर्गत १८ वर्षमाथिका सबैलाई खोप लगाउन लागिएको हो । विदेशी नागरिकले समेत खोप लगाउन पाउने छन् । विदेशीले खोप केन्द्रमा जाँदा राष्‍ट्रियता खुल्ने परिचयपत्र र पासपोर्ट लिएर जानुपर्ने पनि महानगरले बताएको छ । 

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्