Kathmandu Press

मुद्रा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, असोज १९ : मुद्रा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। रसुवा पार्वतीकुण्ड गाउँपालिका ३ का २४ वर्षीय बुद्धिमान...
मुद्रा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, असोज १९ : मुद्रा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। रसुवा पार्वतीकुण्ड गाउँपालिका ३ का २४ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
 
छितेन तामाङसमेत भएको उक्त मुद्दामा फरार रहेका तामाङलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको उक्त महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्