Kathmandu Press

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, असोज १९ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका ३ महाराजगंज बस्दै आएका सिन्धुपाल्चोक का ३० वर्षीय सुजन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

उक्त मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस ६ गतेको फैसलाले ८ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो।

सुजनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो।  

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ। 

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्