Kathmandu Press

गत वर्ष विवाद भएपछि यस वर्ष सांसदले पाएनन् दशैं भत्ता 

काठमाडौं, असोज १९ : यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले दशैं भत्ता पाएनन् ।गत वर्ष दशैं भत्ता दिदा व्यापक विरोध भएपछि...
गत वर्ष विवाद भएपछि यस वर्ष सांसदले पाएनन् दशैं भत्ता 

काठमाडौं, असोज १९ : यस वर्ष  प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले दशैं भत्ता पाएनन् ।

गत वर्ष  दशैं भत्ता दिदा व्यापक विरोध भएपछि यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय गरेन् । त्यसैका कारण दशैं भत्ता नदिइएको संसद सचिवालय स्रोतले जनाएको छ ।

सचिवालयका अनुसार मंगलबार सांसदहरुको असोज महिनाको मात्र तलब र भत्ता मात्र बैंक खातामा पठाइएको छ । यसअघि सांसदहरुले भत्ताका लागि सचिवालयमा ताकेता गरेका समाचारहरु समेत बाहिरिएका थिए । 
 

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्