यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
मंगलबार बसेको मन्त्रिपरषद् बैठकले प्रशासनतर्फका सहसचिव रविलाल पन्तको सचिवमा बढुवा गरेको छ ।
काठमाडौं, असोज १९ : मंगलबार बसेको मन्त्रिपरषद् बैठकले प्रशासनतर्फका सहसचिव रविलाल पन्तको सचिवमा बढुवा गरेको छ ।
बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ । वैदेशिक रोजगार न्यायधीकरणको रिक्त सदस्यमा सह–न्यायाधीवक्ता डा. गोपीचन्द्र भट्टराई तोकिएको छ ।
ऋण असुली न्यायकरणको रिक्त कानून सदस्यमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मी नियुक्त भएका छन् ।
यस्तै, परराष्ट्र मन्त्री डा. नारायण खड्काको नेतृत्वमा असंलग्न आन्दोलनको कमेमोरेटिभमा भाग लिने उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । र, विद्युतीय राहदानीमा प्रयोग हुने सेक्युरिटी फिचर्स स्वीकृत गरेको छ ।
प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











