Kathmandu Press

चिनियाँ राजदूतले भनिन्- नेपालसँगको सीमा ६० वर्षदेखि विवादरहित

चिनियाँ राजदूत होऊ यान्छीले नेपालसँगको सीमा ६० वर्षदेखि विवादरहित भएको दाबी गरेकी छन् ।
चिनियाँ राजदूतले भनिन्- नेपालसँगको सीमा ६० वर्षदेखि विवादरहित

काठमाडौं, असोज १९ : चिनियाँ राजदूत होऊ यान्छीले नेपालसँगको सीमा ६० वर्षदेखि विवादरहित भएको दाबी गरेकी छन् ।

५ अक्टोबर १९६१ मा दुई मुलुकबीच सीमासम्बन्धी सन्धि भएको उनले उल्लेख गरेकी छन् ।

‘६० वर्षअघि आजकै दिन नेपाल र चीनबीच मैत्रीपूर्ण सीमासम्बन्धी सन्धि भएको थियो,’ राजदूत होऊले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रो सीमा त्यतिबेलादेखि नै विवादरहित छ ।’

र, दुई मुलुकबीचको सीमा मित्रताको बन्धन तथा लाभदायी सहयोगको सेतु बनेको उनले बताएकी छन् । सन् १९६१ यताका दुई मुलुकबीचमा मुख्य घटनाक्रमका तस्बिर उनले सेयर गरेकी छन् ।

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्